काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाले यू–१९ र यू–१६ महिला खेलाडी छनोट कार्यक्रम सञ्चालन गर्ने भएको छ।
एन्फाले बुधबार विज्ञप्ति जारी गर्दै दुवै उमेर समूहको छनोट कार्यक्रम सुरु गर्ने जनाएको हो। साफ यू–१९ यू–१६ महिला च्याम्पियनसिप २०२४ मा नेपाली राष्ट्रिय यू–१९ यू–१६ महिला फुटबल टोली निर्माणको लागि छनोट आयोजना गर्न लागेको एन्फाले जनाएको छ।
एन्फाले पहिलो चरणमा जिल्ला छनोट कार्यक्रम आयोजना गर्ने छ। यू–१९ जिल्ला छनोट कार्यक्रम पुस १–६ सम्म र यू–१६ को पुस ७–१२ सम्म अयोजना हुनेछ।
यससँगै जिल्लाका यू–१९ यू–१६ महिला खेलाडीहरुको नामावाली सम्बन्धित प्रदेश फुटबल संघ र एन्फामा उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गरेको छ।
दक्षिण एसियाली फुटबल महासंघ साफको कार्यक्रमअनुसार यू–१९ को साफ महिला च्याम्पियनसिप आगामी माघ १८–२८ मा आयोजना गरिनेछ। यस्तै, यू-१६ भने फागुन १८–२८ सम्म संचालन हुनेछ।
Facebook Comment
Comment