कांग्रेस महाधिवेशनमा रामचन्द्र पौडेलले मतदान नगर्ने

सभापतिको साझा उम्मेदवारमा कुरा नमिलेपछि उनले नेतृत्वको प्रतिस्पर्धाबाट मात्रै नभएर राजनीतिबाटै संन्यास लिने बताएका थिए।

नेपालभ्युज

काठमाडौं। कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि आज हुने निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान नगर्ने भएका छन्।

पौडेल मतदान गर्न नआउने जानकारीमा आएको शशांक कोइरालाका स्वकिय सचिव भरत तिवारीले बताए। तर पौडेलको समर्थन शेखरलाई नै भएको दावी उनले गरे।

देउवाइतर पक्षबाट पौडेलले सभापतिको साझा उम्मेदवार बन्ने तयारी गरेका थिए। इतर पक्षका अधिकांश नेताले समर्थन गरे पनि प्रकाशमान सिंह सभापतिको अडानबाट पछि नहटेपछि उनी पछि हटेका थिए।

२५ मंसीरमा पौडेल निवास चाक्सीबारीमा बसेको इतर पक्षका नेताको बैठकमा सभापतिको साझा उम्मेदवारमा कुरा नमिलेपछि उनले नेतृत्वको प्रतिस्पर्धाबाट मात्रै नभएर राजनीतिबाटै संन्यास लिने बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved