काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले डा. बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीसँग एकताका लागि छलफल भइरहेको बताएका छन् ।
शुक्रबार दाङको देउखुरीमा प्रेस सेन्टर नेपाल, लुम्बिनी प्रदेश कमिटीको पूर्ण बैठकमा नेता शाक्यले कम्युनिष्टहरु बिचको पार्टी एकता अभियानमा आफ्नो पार्टी अगाडि बढेको बताउँदै यस्तो जानकारी दिएका हुन् ।
सम्बोधनका क्रममा उनले भने, ‘बाबुराम ज्यूसँग पार्टी एकताको प्रक्रिया अगाडि बढेको छ । विप्लवजीहरुसँग पनि एकताका लागि छलफल चलिरहेको छ । नेपालका कम्युनिष्टहरु बीच एकताको खाँचो छ ।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेकका नेताहरुले पनि कम्युनिष्टहरु बीच एकता गर्नुपर्ने जोड गरिरहेको बताए ।
शाक्य तीन महिने विशेष रुपान्तरण अभियानका लागि लुम्बिनी प्रदेशका जिल्लाहरुमा खटिँदै आएका छन् ।
Facebook Comment
Comment