काठमाडौं। त्रिभुवन आर्मी क्लब केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।
पोखरा रंगशालामा बिहीबार भएको पहिलो सेमिफाइनलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको हो। १२८ रनको लक्ष्य आर्मीले १४.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो।
आर्मीका लागि भीम सार्कीले ३९ रन, कुशल मल्लले २७ र विनोद भण्डारीले २५ रन बनाए। सोमपाल कामी १५ रनमा अविजित रहे।
बागमतीको लागि सन्दीप लामिछानेले २ तथा ऋत गौतम, सोनु देवकोटा, ईशान पान्डे र प्रतिस जीसीले १–१ विकेट लिएका थिए।
पहिले ब्याटिङ गरेको बागमतीले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १२७ रन बनाएको थियो। प्रतिक श्रेष्ठले ३५ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै अविजित ५० रन बनाए । आर्मीका शाहब आलमले ४, सोमपाल कामीले २, तथा विवेक यादवले १ विकेट लिए।
मधेस प्रदेश र एपीएफ क्लबबीच आजै अर्को सेमिफाइनल हुँदैछ ।
Facebook Comment
Comment