काठमाडौं । इजरायल र हमासबीच थप गरिएको युद्धविराम अन्तर्गत पछिल्लो समय हमास समूहले १२ जना रिहा गरेको छ ।
तीमध्ये १० जना इजरायली र दुई जना थाई नागरिक हुन् । यसको बदलामा इजरायलले भने ३० जना प्यालेस्टाइनी बन्दी मुक्त गरेको छ ।
अहिलेसम्म इजरायलले १ सय ८० बन्दीलाई मुक्त गर्दा हमासले भने ८१ जनालाई रिहा गरेको छ ।
८१ जनामध्ये ६१ जना इजरायली छन् भने बाँकी विदेशी नागरिक हुन् ।
हमासबाट रिहा गरिएका अधिकांश महिला र बालबालिका रहेको बीबीसीले जनाएको छ । मध्यराती रिहा भएर इजरायल प्रवेश गरेका हरुले हमासको कब्जामा रहदा धेरै सास्ती खेप्नु परेको बताएका छन् ।
हमासले आफुहरुलाई खाने कुरा पनि एकदमै थोरै दिएको सुत्ने ओछ्यान समेत सजिलो नभएको बताएका छन् । जमिन मुनिको हलमा च्यापिएर बस्नु परेको उनीहरुको गुनासो थियो ।
पछिल्लो पटक थपिएको युद्ध विराम अन्तर्गत दुवैले बन्दी आदान प्रदान गरिरहेका छन् ।
Facebook Comment
Comment