पिथौरागढमा भारत-नेपाल संयुक्त सैन्य अभ्यास सुरु

नेपालभ्युज

पिथौरागढमा भारत-नेपाल संयुक्त सैन्य अभ्यास सुरु

काठमाडौं । भारत-नेपाल संयुक्त सैन्य अभ्यास शुक्रबारबाट भारतको पिथौरागढमा सुरु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार संयुक्त सैन्य अभ्यासमा भारत तथा नेपालका बटालियनस्तरीय सैन्य जवानहरूले भाग लिइरहेका छन् ।

नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’ को १७औँ संस्करणमा सहभागी हुन नेपाली सेनाका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज बुधबार त्यसतर्फ प्रस्थान गरेको थियो।

हरेक वर्ष नेपाल र भारतबीच सैन्य अभ्यास हुँदै आएको छ। गत पुसमा रुपन्देहीको सालझण्डीमा उक्त अभ्यास भएको थियो।

यही मंसिर २१ गतेसम्म सञ्चालन हुने उक्त अभ्यासअन्तर्गत विपद् व्यवस्थापन, प्रतिव्रिदोह तथा प्रतिआतङ्कवादलगायत जङ्गल युद्धकलासम्बन्धी व्यावहारिक ज्ञान दिइने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved