केपी ओली कप क्रिकेटका लागि मधेसको टोली घोषणा

नेपालभ्युज

केपी ओली कप क्रिकेटका लागि मधेसको टोली घोषणा

काठमाडौं। केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको लागि मधेस प्रदेशले आफ्नो टोली घोषणा गरेको छ। मंगलबार हरि शंकर साहको कप्तानीमा मधेस प्रदेशकको १४ सदस्यीय टोली घोषणा गरिएको हो।

पोखराथित पोखरा रंगशालामा हुने प्रतियोगिता मंसिर ७ देखि १५ सम्म सञ्चालन हुनेछ। उद्घाटन खेलमा बागमती र मदन भण्डारी स्पोर्ट्स एकेडेमी-रेड आमनेसामने हुनेछन्। मधेशले आफ्नो पहिलो खेल मंसिर १० गते खेल्नेछ। मधेशले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा कुल १२ टोलीको सहभागिता रहेको छ। समूह ए मा बागमती, कर्णाली र मदन भण्डारी स्पोर्ट्स एकेडेमी–रेड रहेका छन्। एपीएफ, गण्डकी र लुम्बिनी प्रदेश समूह बी मा छन्।

समूह सी मा नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश, र मधेश प्रदेश छन्। यस्तै, समूह डी मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश, मदन भण्डारी स्पोट्स एकेडेमी–ब्लू रहेका छन्।

८ गते देखि १४ गतेसम्म हरेक दिन २ खेल हुनेछ। पहिलो खेल बिहान ८ बजे र दोस्रो १२ बजे हुनेछ। सेमिफाइनल १४ र फाइनल भने १५ गते हुनेछ।

मधेसको टोली

हरि शंकर साह, इम्रान शेख, मयन यादव, अनिल कुमार साह, पवन शराफ, राकेश कामत, विशाल सुस्लिङ, रोहन बिक, विशाल पटेल, पर्तिभ यादव, रुपेश सिंह, समसद अन्सारी, प्रदिप पास्वान, हिमान्सु दत्त


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved