मुस्ताङको कोरला नाका आजदेखि पुनः सञ्चालमा आउँदै

नेपालभ्युज

मुस्ताङको कोरला नाका आजदेखि पुनः सञ्चालमा आउँदै

काठमाडौं। चार वर्षपछि पुनःसञ्चालनको तयारी भएको मुस्ताङको लोमान्थाङ नाका खुल्ने भएको छ। नेपालतर्फ सुुरक्षाकर्मीहरूको आश्रयका लागि अस्थायी संरचना तयार गरेर खोल्न लागेका हुन् ।

लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी) को रोहबरमा चीनले दसगजा क्षेत्रको नेपाली भूमिमा कन्टेनर सुविधाको पूर्वाधार संरचना तयार गरेको हो। संरचनाहरू सोमबार बिहान उद्घाटन गरिने मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले से जानकारी दिए।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले २० फिट लम्बाइ र दश फिुट चौडाइका झ्याल र ढोका भएका सिसाबाट बाहिर हेर्न सकिने पाँच प्रिफेव कन्टेनर जडान गरिएको बताएका छन्।

‘कोरला नाकाको चीनतर्फ स्थायी संरचना छन्। नेपालमा थिएन। चार हजार मिटरभन्दा बढी उचाइको नाकामा नेपाली सुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि नेपालको अनुरोधमा चीनले प्रिफेव कन्टेनर उपलब्ध गराएर जडान गरिएको हो,’ उनले भने। उनका अनुसार चारवटा खाट राख्न सकिने कन्टेनरभित्र १० जनासम्म अटाउन सक्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved