गोरखामा आगलागीमा परेर आमाछोराको मृत्यु

नेपालभ्युज

गोरखामा आगलागीमा परेर आमाछोराको मृत्यु
सांकेतिक तस्वीर।

गोरखा । गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा घरमा आगो लाग्दा आमाछोराको मृत्यु भएको छ ।

शनिबार राति घरमा आगलागी हुँदा ७८ वर्षीया कान्छी गुरुङ र उनका ३९ वर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले भने आगलागी भएको विहान मात्रै खबर पाएको थियो । आगलागीबाट घर नष्ट भएको छ । आमा छोराको घरभित्रै जलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

आमा बृद्ध र छोरा अपाङ्ता भएकाले आगलागीपछि भाग्न नसकेको स्थानीयले अनुमान गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved