तिहार प्रेरणाको विम्ब र उज्यालोको पर्व हो : मुख्यमन्त्री पाण्डे

नेपालभ्युज

तिहार प्रेरणाको विम्ब र उज्यालोको पर्व हो : मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तिहार प्रेरणाको विम्बका साथै उज्यालोको पर्व भएको बताएका छन् ।

नेपालीको महान् चाड तिहारका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।

‘पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्व बोकेको तिहार प्रेरणाको विम्बका साथै उज्यालोको पर्व पनि हो”, उनले भनेका छन् ।

काग तिहारदेखि सुरू भएर भाइटिकाको दिनसम्म प्राणी जगत्‌का साथै लक्ष्मी माताको पूजाआराधना गरी खुसियालीको प्रतीकका रूपमा पाँच दिनसम्म यो पर्व मनाइने भएकाले यसले आपसी सम्बन्ध थप प्रगाढ बनाउने सन्देशमा उल्लेख छ ।

सांस्कृतिक, भाषिक, जातीय एवं धार्मिक विविधताले भरिपूर्ण नेपालमा यस्ता पर्वले विविधताबीचको एकतालाई थप सुदृढ र मजबुत बनाउने उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले मुलुकभित्र प्रचलित संस्कृति, परम्परा एवं सभ्यताको जगेर्ना गर्नु हामी सबैको साझा दायित्व भएको बताए ।

यस पर्वको अभिन्न अङ्गका रूपमा रहेको देउसीभैलो खेल्ने परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सन्देशमा पर्वका नाममा समाजमा विद्यमान कूरीति एवं विकृतिप्रति सचेत रहन र हटाउनेतर्फ पहल गर्न सबैमा अपिलसमेत गरिएको छ ।

यस पर्वले हामी सबैमा नयाँ उत्साह, जोश, जाँगर थप्दै गण्डकी प्रदेश सरकारले लिएको सम्मुन्नत प्रदेश, सम्मानित प्रदेशवासीको सङ्कल्प हासिल गर्न थप प्रेरित गर्नेछ भन्ने विश्वासका साथ मुख्यमन्त्रीले सबैमा उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved