पोखराको लेकसाइड २४ घण्टै खोल्न दिने भएपछि सुरक्षाको चुनौती

नेपालभ्युज

पोखराको लेकसाइड २४ घण्टै खोल्न दिने भएपछि सुरक्षाको चुनौती

पोखरा । कास्की पोखराको लेकसाइड २४ सै घण्टा खुल्ने भएपछि सुरक्षाको चुनौती थपिएको छ । उच्च अदालत पोखराले बुधबार पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा २४सै घण्टा व्यापार व्यवसाय खोल्न दिन आदेश गरेको छ ।

व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित गरिएको रिट निवेदनमा उच्चले उक्त आदेश गरेको हो ।

व्यापार, व्यवसाय सञ्चालनमा रोक नलगाउन मागसहित स्थानीय देवीकुमारी बरालको रिट निवेदनमा कामु मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले लेकसाइडमा कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय कास्कीको नाममा आदेश दिएको हो ।

उच्च अदालत पोखराले बुधबार लेकसाइड चौबिसै घण्टा खोल्न दिन आन्तरिम आदेश गरेपछि सुरक्षाको विषयले चर्चा पाएको हो । पोखराका पर्यटन व्यवसायीले अदालतको आदेशलाई स्वागतयोग्य मानेका छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले अदालतको आदेश स्वागतयोग्य रहेको बताउँदै शान्ति सुरक्षा व्यावस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

पोखरा होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले पनि पोखरा अन्तर्राष्ट्रिय सहरमा परिणत भइरहँदा अदालतले गरेको आदेश राम्रो भएको बताए । यो सँगै उनले शान्ति सुरक्षाको पाटो चूनौतीका रुपमा रहेको बताए ।

यता, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन थापाले मापदण्ड पुर्याएर खुला भएमा सुरक्षा दिन आफूहरु तयार रहेको बताए । अहिले पनि मापदण्ड पुरा गरेका केही व्यवसायीहरुलाई व्यावसाय गर्न दिइरहेको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved