काठमाडौं । गैरआवासीय नेपाली संघले जाजरकोट र रुकुम पश्चिमका भूकम्पबाट प्रभावितलाई मंगलबार राहत सामग्री हस्तान्तरण गरेको छ ।
संघले रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल दुई सय थान, फेन्सी कपडा १० सेट (२०० थान), ब्लाङ्गकेट २०० थान, चप्पल चार सय जोर, चामल चार सय बोरा, दाल सय केजी, एक हजार लिटर तेल, पाँच सय केजी नुन लगायतका राहत सामग्री हस्तान्तरण गरेको हो ।
यस्तै जाजरकोटमा पनि सोही परिमाणमा राहत सामग्री वितरण गरिएको सङ्घले जनाएको छ । विदेशमा बस्ने नेपाली दाजुभाई दिदी बहिनीको गाँस काटेर सङ्कलन भएको सहयोग भूकम्पपीडित समक्ष वितरण गर्न पाउँदा सन्तोष मिलेको सङ्घले जनाएको छ ।
सन् २०१५ मा गएको गोरखा भूकम्पमा समेत गैरआवासीय नेपाली सङ्घले पाँच सयभन्दा बढी स्वयंसेवक खटाएर राहत तथा उद्धारमा सहयोग गरेको थियो । जाजरकोट र रुकुम पश्चिमको पुनःनिर्माणमा विदेशमा बस्ने नेपालीले सहयोग गर्ने सङ्घको प्रतिबद्धता छ । रासस
Facebook Comment
Comment