आममाफी दिने राष्ट्रपतिको निर्णय बदर, रिगल फेरि जेल जाने

रिगललाई तत्काल पक्रन आदेश

सर्वोच्च अदालतले योगराज ढकाल अर्थात् रिगललाई राष्ट्रपतिले दिएको आममाफी बदर गरेको छ ।

नेपालभ्युज

आममाफी दिने राष्ट्रपतिको निर्णय बदर, रिगल फेरि जेल जाने

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल अर्थात् रिगललाई राष्ट्रपतिले दिएको आममाफी बदर गरेको छ ।

न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले रिगललाई दिइएको आममाफी बदरको फैसला सुनाएको हो ।

रिगललाई आममाफी दिएकोविरुद्ध नेपालगञ्जमा हत्या भएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट हालेकी थिइन् ।

चेतन मानन्धरको हत्या अभियोगमा अदालतले दोषी ठहर गरी जन्मकैद फैसला गरेका रिगललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।

अदालतले रिगललाई दिइएको आममाफी बदर गर्दै तत्काल पक्राउ गर्न आदेश पनि दिएको छ ।

फैसला सुन्नेबित्तिकै भारती मानन्धर बेहोस भएकी छिन् । अर्धचेत भएकी उनलाई अदालतकै गाडीमा उपचारका लागि वीर अस्पताल लगिएको छ । उनको उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved