गाजामा इजरायली आक्रमणमा मारिएका ७ हजारमध्ये ४० प्रतिशत बालबालिका

नेपालभ्युज

गाजामा इजरायली आक्रमणमा मारिएका ७ हजारमध्ये ४० प्रतिशत बालबालिका
तस्वीर स्रोतः आईसीआरसी/फेसबुक

काठमाडौं । गाजा क्षेत्रमा इजरायलले गरेको आक्रमणमा अहिलेसम्म ७ हजार भन्दा धेरैको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संगठनका अनुसार मृत्यु भएकामा ४० प्रतिशतभन्दा धेरै बालबालिका छन् । यो लडाइँमा साढे १८ हजार मानिस घाइते भएका छन् । ति मध्ये ठूलो संख्या बालबालिकाको छ ।

गाजा क्षेत्रमा ३५ अस्पतालमध्ये २३ वटाले आंशिक रुपमा काम गरिरहेको र सामुदायीक क्लिनिक सबै बन्द भएको पनि संगठनले जनाएको छ ।

गाजा क्षेत्रमा १ हजार बिरामीलाई नियमित डाइलाइसिसको आवस्यकता रहेको तथा २००० क्यान्सरका रोगीलाई तत्कालै उपचारको आवस्यकता रहेको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

हमासले इजरायलमा घुसेर आक्रमण गरेपछि सुरु भएको यो लडाइँको २० दिन पुरा भएको छ । हमासको आक्रमणमा १४ सय भन्दा धेरै इजरायली मारिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved