दमक। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार आगामी निर्वाचनसम्म पाँच दलीय सत्ता गठबन्धन कायमै रहने बताएका छन्। लोकतन्त्रको सुदृढीकरण तथा र्सघीयताको रक्षा गर्न राजनीतिक दलबीच गठबन्धन निर्माण भएको उनले बताए।
पार्टी सम्बद्ध नेपाल खेलकुद महासंघ समाजवादीले आज दमकमा आयोजनामा गरेको प्रदेशस्तरीय खेलकुद तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले भने, “तीनै तहका निर्वाचनमा सत्तारूढ दलहरुको गठबन्धनले थप सफलता हासिल गर्छ, त्यसमा द्विविधा छैन् ।”
अध्यक्ष नेपालले केपी ओलीको अहम्का कारण कम्युनिष्ट एकता टुटेको आरोप लगाए। उनले आउँदो निर्वाचनमा एकीकृत समाजवादी लोकप्रिय पार्टीका रुपमा स्थापित हुने दाबी गरे।
पार्टीका प्रदेश १ कमिटीका अध्यक्ष एवंम् प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले लोकतन्त्र र सङ्घीयताको कार्यान्वयन गर्दै देशलाई समृद्धितर्फ लैजानुपर्ने साझा चुनौती रहेको बताए।
भेलामा प्रदेश १ अन्तर्गतका १४ जिल्लाका खेलाडीसहित पार्टी कार्यकर्ताको सहभागिता रहेको थियो ।
Facebook Comment
Comment