एजेन्सी। तौल कम गर्नका लागि हामीले कैयौं उपायहरू अपनाइरहेका हुन्छौं । यसका लागि खानपानमा परिवर्तन गर्दा पनि धेरै ध्यान दिइन्छ ।
यदि, तपाईंलाई तौल कम गर्न छ भने तपाईं गहुँको पिठोको ठाउँमा अन्य विभिन्न पिठोहरूलाई समावेश गर्न सक्नुहुन्छ । जुन पिठोको रोटी दैनिकरूपमा सेवन गरेर तौल कम गर्न सकिन्छ ।
– जुनेलोको पिठोको सेवनले तौल कम गर्नका लागि एकदमै फाइदाजनक हुन्छ । यसमा पाइने प्रोटिन, फाइबर, क्याल्सियम, आइरन र भिटामिन शरीरलाई स्वस्थ राख्छन् । यसबाहेक यो पाचनका लागि पनि राम्रो हुन्छ ।
– चनाको पिठोलाई आफ्नो खानपानमा समावेश गरेर पनि तपाईं तौल कम गर्न सक्नुहुन्छ । यसमा प्रोटिन तथा फाइबरको मात्रा एकदमै धेरै पाइन्छ । जसले तौल कम गर्न मद्दत गर्दछ ।
– तौल कम गर्नका लागि कोदोको पिठो पनि एकदमै राम्रो विकल्प हो । यो ग्लुटन फ्री हुन्छ । यसबाहेक यसमा फाइबरको मात्रा धेरै हुन्छ, जसले पेटलाई लामो समयसम्म भोको राख्दैन ।
– शिंघाटाको पिठो पनि शरीरका लागि एकदमै फाइदाजनक हुन्छ । यसमा पाइने क्याल्सियम र पोटासियमले हड्डीलाई बलियो बनाउने काम गर्छ ।
– जौको पिठो पनि तौल कम गर्नका लागि एकदमै राम्रो विकल्प हो । यसलाई सातु बनाएर पनि सेवन गर्न सकिन्छ । यो पिठो पाचनका लागि पनि एकदमै राम्रो मानिन्छ ।
– फापरको पिठो नियमितरूपमा सेवन गरेर पनि तौल कम गर्न सकिन्छ । यसमा कैयौं प्रकारका न्युट्रियन्ट्सहरू पाइन्छन् जसले तौललाई नियन्त्रित राख्न सहयोग गर्छ ।
– मकैको पिठोमा गहुँको तुलनामा कम क्यालोरी हुन्छ । जसले गर्दा तौल कम गर्ने खानपानमा मकैको पिठोलाई पनि समावेश गराउन सकिन्छ ।
Facebook Comment
Comment