‘विगतका आर्थिक भारले सरकार थिचिएको छ’

नेपालभ्युज

तुलसीपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विगतका सरकारको आर्थिक दायित्व अहिलेको सरकारले बहन गर्नुपर्ने अवस्था रहेको बताउँदै विगतका दायित्व वर्तमान सरकारमा थपिएको उल्लेख गरेकाी छन् ।

बिजौरी उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री शर्माले अघिल्लो वर्षको आर्थिक दायित्वको भारले वर्तमान सरकार थिचिएको गुनासो गरिन् । उनले भनिन, “पहिलेका सरकारले गरेका सबै कामको भुक्तानी गर्ने हो भने अहिलेको सरकारले एक रुपैयाँ पनि बजेट ल्याउन सक्ने अवस्था थिएन ।” अस्थिर सरकारले गर्दा विगतका सरकारले अर्बौं दायित्व थोपारेका उनले बताईन् ।

एक पृथक प्रसङ्गमा मन्त्री शर्माले जनप्रतिनिधि भएपछि सबै नेपालीको साझा व्यक्ति हुनुपर्ने विचार व्यक्त गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved