एउटै विद्यालयमा ३९ अक्षयकोष

नेपालभ्युज

एउटै विद्यालयमा ३९ अक्षयकोष

स्याङ्जा। स्याङ्जाको वालिङस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयमा अक्षयकोषको सङ्ख्या ३९ पुगेको छ । वालिङ–१० फूलबारीमा तीन वर्षअघि पूर्णामृत भवानी मावि र कालिका आधारभूत विद्यालय एकापसमा मर्ज भएपछि विद्यालयमा अक्षयकोषको सङ्ख्या बढेको हो ।

विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुर्‍याउने उद्देश्यसहित दाताहरूले अक्षयकोषको स्थापना गरेका हुन् । पूर्णामृत भवानी माविका १९ र कालिका आधारभूत विद्यालयका २० गरी अक्षयकोषको सङ्ख्या ३९ पुगेको हो ।

‘विद्यालयमा संस्थागत, सामूहिक वा व्यक्तिगतरूपमा पनि अक्षयकोष भएका छन्, दाताहरूले जुन शीर्षकका लागि अक्षयकोष स्थापना गरेका हुन् । सोही शीर्षकमा खर्च हुन्छ’, विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद अर्यालले भने । विद्यालयको वार्षिकोत्सवका अवसरमा दाताकै उपस्थितिमा अक्षयकोषको रकम खर्च गरिने उनको भनाइ छ ।

हालसम्म विद्यालयमा स्थापना भएका अक्षयकोषमध्ये सबैभन्दा ठूलो राशिको तीन लाख ३३ हजार तीन सय ३३ र थोरै राशिको दश हजार ११ को रहेको छ । अक्षयकोषको व्यवस्थापन गर्नका शिक्षक गोपालधन सुवेदीको संयोजकत्वमा डिल्लीराम बगाले र अर्जुनप्रसाद तिवारी सदस्य रहेको ‘अक्षयकोष छात्रवृत्ति व्यवस्थापन समिति’ गठन गरिएको छ ।

गरिब, जेहेन्दार, सर्वोत्कृष्ट छात्रछात्रा, अतिरिक्त क्रियाकलाप, अनुशासित विद्यार्थी लगायतका विभिन्न शीर्षकमा छात्रवृत्ति वितरण गर्ने गरिएको छ । विद्यालयमा हाल अक्षयकोषको कुल रकम १७ लाखभन्दा बढी पुगेको छ । उक्त विद्यालय २०१९ सालमा स्थापना भएको स्याङ्जाकै पुरानो मध्येको एक विद्यालय हो ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved