गाजामा ४९३ प्यालेस्टिनीको मृत्यु

नेपालभ्युज

गाजामा ४९३ प्यालेस्टिनीको मृत्यु
तस्वीर स्रोतः यूएनआरडब्लूए

काठमाडौं। इजरायलले गरेको आक्रमणमा गाजामा ४ सय  ९३ प्यालेस्टिनीको मृत्यु भएको छ।

साथै, २ हजार ३ सय जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जानकारी गराएको हो। इजरायली रक्षा बलले १०० भन्दा बढी प्यालेस्टिनी आतंकवादीलाई इजरायली भूमिमा मारेको जनाएको छ।

इजरायलले आइतबार राति गरेको आक्रमणमा गाजास्थित १५९ आवास क्षेत्रहरू ध्वस्त हुँदा एक हजार दुई सय १० घरहरूमा क्षति पुर्‍याएको स्थानीय अनलाइन पत्रिका ‘टाइम्स अफ इजराय’ ले उल्लेख गरेको छ। २२५ मानिसले शरण पाइरहेको एक विद्यालयमा पनि आक्रमण भएको प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र एजेन्सीले जानकारी गराएको छ।

यस्तै, गाजाको पश्चिमी क्षेत्र रफाहमा सोमबार बिहान भएको इजरायली हवाई आक्रमणमा १९ जनाको मृत्यु भएको स्थानीय अल–नज्जर अस्पतालका डा. तलत बारहौमले जानकारी गराए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved