काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद रघुजी पन्तले राजनीतिक दलहरु सच्चिनुपर्ने बताएका छन् ।
गणतन्त्रविरुद्ध बोल्ने राजावादीहरुसँग सवालजवाफ गर्ने भन्दा पनि गल्ती गर्ने राजनीतिक दल र त्यसका नेताहरु सच्चिएर अघि बढनुपर्ने उनको भनाई थियो । आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद पन्तले राजनीतिक दलहरुले जनतालाई पुनर्विश्वास दिलाउनुपर्ने धारणा समेत राखे ।
उनले भने, ‘राजावादीहरुसँग सवालजवाफ गरेर मात्रै पुग्दैन । लोकतन्त्रमा हामीले आफू सच्चिनुपर्छ । जो गल्ती गरेका छन्, ती नेताहरु सच्चिनुपर्छ । पार्टीहरुले सच्चिनु पर्छ । दलहरु जनताको छेउमा जानुपर्छ । दलहरुले जनतालाई पुनर्विश्वास दिलाउनुपर्ने आवश्यक्ता छ ।’
सांसद पन्तले राजनीतिक दलहरुले जनताको बीचमा जाने क्रमलाई तिब्रता दिनुपर्ने पनि बताए ।
Facebook Comment
Comment