एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी, पीएस पक्षले प्यानल नै जित्यो

नेपालभ्युज

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी, पीएस पक्षले प्यानल नै जित्यो

पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । प्रदेशमा शर्मा नेतृत्वको प्यानल नै जित हासिल गर्न सफल भएको छ ।

शर्माले प्रतिस्पर्धी मायानाथ अधिकारीलाई १६६ मतले हराएका हुन् । शर्माले ५३१ मत पाए भने अधिकारी ३६५ मतमा सीमित भए ।

शर्माको प्यानललाई उपाध्यक्ष विष्णु पौडेल–उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायतले समर्थन गरेका थिए । अधिकारीको प्यानललाई महासचिव शंकर पोखरेल–स्थायी कमिटी सदस्य खगराज अधिकारी लगायतको समर्थन थियो ।

उपाध्यक्षमा शर्मा प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उपसचिवमा कास्कीका दामबहादुर विक विजयी भएका छन् ।

उपसचिव महिलातर्फ पनि शर्मा प्यानलकी मन्जु अधिकारी विजयी भइन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved