पुल्चोक क्याम्पसका निमित्त प्रमुखसहित प्राध्यापकहरुले गरे सामूहिक राजीनामाको निर्णय

नेपालभ्युज

पुल्चोक क्याम्पसका निमित्त प्रमुखसहित प्राध्यापकहरुले गरे सामूहिक राजीनामाको निर्णय

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका निमित्त प्रमुख लोकनाथ रेग्मीसहित प्राध्यापकहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका छन्।

निमित्त क्यापस प्रमुख रेग्मीले बुधबार साँझ एक सूचना जारी गर्दै यस्तो निर्णय गरेको जानकारी दिएका छन् ।

पछिल्लो समय क्याम्पस प्रशासन र स्ववियुबीच बढेको विवादका कारण उनीहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन्।

यसअघि क्याम्पसका प्राध्यापकहरुले क्याम्पस स्ववियुलाई हस्तान्तरण गरेको विज्ञप्ति जारी गरेका थिए।

उनिहरुले  अहिलेको अवस्थामा क्याम्पस सञ्चालन गर्न आफूहरु असमर्थ भएको भन्दै सामूहिक राजीनामा दिने निर्णय गरेको सूचनामा उल्लेख गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved