खुँडा हानेर पतिको हत्या गर्नेलाई माफी दिइएकोविरुद्ध भारतीले सुरु गरिन् अनशन

चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध मानन्धर पत्नी भारती मानन्धरले अनशन सुरु गरेकी छन्।

नेपालभ्युज

खुँडा हानेर पतिको हत्या गर्नेलाई माफी दिइएकोविरुद्ध भारतीले सुरु गरिन् अनशन

काठमाडौं। चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध मानन्धर पत्नी भारती मानन्धरले अनशन सुरु गरेकी छन्।

उनले माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी हुन्। भारतीले न्याय नपाएसम्म घर नफर्किने सर्त राखेकी छिन्।

रिगल विरुद्ध २८ असार २०७२ मा नेपालगन्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो। उनले जन्मकैद सजाय पाएका थिए। तर, उनलाई संविधान दिवसको दिन छाडिएपछि भारतीले अनसन सुरु गरेकी हुन्।

पतिलाई खुँडा हानेर मार्ने रिगल छुटेपछि भारती भन्छिन्, ‘सबैभन्दा ठूलो दोषी राष्ट्रपति हुन्’ (भिडिओ )

अनशनस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भनिन्, ‘‘न्याय नपाएसम्म सङ्घर्ष जारी राख्छु। म मर्न तयार छु तर न्याय नपाएसम्म फर्किन्न।’’

हत्यामा संलग्न रिलगलाई छुटाइएकाले फेरि पनि जेल चलान गर्नुपर्ने आफ्नो माग रहेको उनले जानकारी दिइन्।

घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरेर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको छ।

रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर भएको छ।

खुँडा हानेर मान्छे मार्ने ढकाल संविधान दिवसमा छुटे, स्वागतमा कांग्रेस कार्यकर्ताको लावालस्कर

फोटोहरू –

खुनी सत्तामा खुँडा राजनीति


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved