पर्वत । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा बाढीले बगाएकामध्ये एक जनाको शव भेटिएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-९ का ३४ वर्षका गोपालप्रसाद बस्यालको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
बेपत्ता भएकामध्ये एक जना पोखरा नाउडाँडाका विजय भनिने माधव पौडेल रहेका र अर्का एक जनाको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर एवम् सूचना अधिकारी केशव केसीले जानकारी दिए। उनीहरुको खोजी भैरहेको छ ।
बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्बरको जीप शनिबार साँझ ६ः३० बजेतिर बाढीले बगाउँदा तीन पुरुषसहित गाडीसमेत बेपत्ता भएका थिए ।
चार जना सवार उक्त जीपमा ड्राइभर भने हामफालेर बाँच्न सफल भएका छन् । शनिबार साँझ परेको भीषण वर्षाका कारण उक्त खोलामा बाढी आएको हो । सडकमा पुल नभई कजवे पार गर्ने क्रममा जीप बगाएको हो ।
Facebook Comment
Comment