खेल क्षेत्रलाई स्तब्ध पार्दै बाहिरिँदै ‘राष्ट्रिय गहना’, लाचार सरकारी निकाय

सुरक्षित भविष्यको खोजीमा अधिकांश फुटबलर विशेष गरेर अस्ट्रेलियालाई नयाँ गन्तव्य बनाइरहँदा विमल पनि उतै गएका छन् । एक वर्षभन्दा कम समयमै नेपालको फुटबलमा माथिल्लो दर्जाका खेल खेलिरहेका ३० भन्दा बढी खेलाडी विदेश गएका छन् ।

नेपालभ्युज

खेल क्षेत्रलाई स्तब्ध पार्दै बाहिरिँदै ‘राष्ट्रिय गहना’, लाचार सरकारी निकाय

काठमाडौं। दुःखलाग्दो, कुरा पछिल्लो समय नेपाली फुटबलमा देखिएको छ । खेलाडी आफ्नो खेल जीवन उत्कर्षमा छँदै देश छाडिरहेका छन्। पलायनको निराशाजनक प्रवृत्ति बढ्दो क्रममा छ ।

राष्ट्रिय खेल जीवनमा पहिचान बनाइरहेका खेलाडी आम युवा जसरी नै विदेश पलायन भइरहेका छन्। उनीहरूमध्ये धेरैको रोजाइ अस्ट्रेलिया र अमेरिका हुने गरेको छ । खेलाडी विदेश पलायन हुँदा प्रतियोगितामा खेल्ने खेलाडीको अभाव हुन थालेको छ ।

यस्तै दुर्दशाको बीच चर्चित फुटबलर विमल घर्तिमगर पनि विदेश पलायन भएका छन्। माथिल्लो दर्जामा खेल्ने खेलाडीको अभाव चर्को भइरहँदा विदेश पलायन हुने खेलाडीमा विमल पनि थपिएका हुन्। उनी पनि अस्ट्रेलिया भासिए।

सुरक्षित भविष्यको खोजीमा अधिकांश फुटबलर विशेष गरेर अस्ट्रेलियालाई नयाँ गन्तव्य बनाइरहँदा विमल पनि उतै गएका छन् । एक वर्षभन्दा कम समयमै नेपालको फुटबलमा माथिल्लो दर्जाका खेल खेलिरहेका ३० भन्दा बढी खेलाडी विदेश गएका छन् ।

राष्ट्रिय खेलाडीको पलायन बढ्दै, सरकारी निकाय उदासीन, प्रतियोगिता नै नभएपछि खेलाडी कसरी बाँच्ने ?

खेलाडीमाथिको करोडौँ लगानी खेर जाँदा पनि मौन छ सरकार

फुटबल विकास र प्रोफेसनालिजम केवल कागजमै सीमित भएपछि खेलाडीले आफ्नो भविष्य सुरक्षित बनाउन विदेश र विषेशगरी अस्ट्रेलियालाई पहिलो रोजाइमा राख्दैआएका छन्।

वर्षमा ४ महिना मात्र लिग हुन्छ। ८ महिनासम्म खाली बस्नुपर्ने भएपछि नेपाली फुटबलर हतोत्साहित बन्दै गएको जानकारको भनाइ छ । सोही कारण सुरक्षित भविष्य र राम्रो आम्दानीको खोजीमा फुटबलर विदेश पलायन हुने क्रम बढेको हो।

अहिले लगभग राष्ट्रिय टोलीमा रहेका धेरै राम्रा युवा खेलाडी अस्ट्रेलिया पुगेका छन् । ३० जनाभन्दा बढी धेरै खेलाडीले नेपाल छाडेर अस्ट्रेलियामा आफ्नो भविष्य निर्माण गरिरहेका छन्। त्यहाँ नेपाली खेलाडीको टिम नै बनिसकेको छ।

फुटबल खेलाडी पलायन हुने क्रम जारी : सुजल र रंजित पनि अष्ट्रेलिया जाँदै

यसअघि दिनेश राजवंशी, अभिषेक रिजाल, हेमन्त थापामगर, निशान खड्का, रवि पासवानजस्ता चर्चित खेलाडी पलायन भए। उनीहरुविनाको नेपाली फुटबलमा गम्भीर विचलन पैदा भएको छ।

अहिलेसम्म पलायन भएका खेलाडीमध्ये विमल सबैभन्दा हाइप्रोफाइल हुन् । विमल टिममा प्रमुख फरवार्ड थिए। अब उनको अनुपस्थितिले नेपालको टिम सेटमा ठूलै रिक्तता पैदा हुने अनुमान छ।

विमलले गत भदौमा मात्रै विवाह गरेका थिए। उनकी पत्नी लिना हाल वैदेशिक रोजगारीका लागि यूएईमा छिन्।

विदेश पलायन हुँदै विमल घर्तीमगर

खेलाडी विदेश पलायन हुँदा पर्ने असर

खेलाडी विदेश पलायन हुँदा स्वाभाविक रूपमा खेल जगतमा अकल्पनीय क्षति भइरहेको जानकार बताउँछन्। अप्रत्यक्ष रूपमा यसले नेपाली राष्ट्रिय टोलीलाई मात्र नभएर घरेलु क्लबले समेत ठुलो नोक्सानी सामना गर्नुपर्ने स्थिति सिर्जना भएको छ ।

तर, पनि एन्फाले भने कुनै पहल गरेको छैन, मात्र चिन्तित भएको प्रतिक्रिया दिएको छ। एन्फा प्रवक्ता सुरेस शाह खेलाडी बाहिरिँदा आफूहरू चिन्तामा रहेको बताउँछन्।

राष्ट्रिय फुटबल खेलाडी गौतम, तेज र दिनेश विदेश पलायन

‘‘यो विषयमा एन्फा चिन्तित छ। हामीले दिने भनेको प्रतियोगिता हो। हामीले दिइरहेका छौँ। विमल घर्तीको हकमा उहाँ विदेश गएको आधिकारिक पत्र आएको छैन। यसैले निजी भ्रमण होला र फर्केलान् भन्ने आशा छ’’ प्रवक्ता शाह भन्छन्, ‘‘नेपालमा खेलाडीलाई सुविधा कम होला। तर, नेपाली दर्शकको माया र सम्मान त धेरै छ। उता विदेशमा पैसा होला तर, अरू सम्मान पनि बुझ्न जरुरी छ। तै पनि खेलाडी पलायन रोक्न के गर्न सकिन्छ छलफल गर्दैछौँ।’’

नेपाली राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका पूजन उपरकोटी, निशान खड्का र रवि पासवान पनि बिदेसिँदाको फोटो

राम्रा खेलाडीले देश छाडेपछि त्यसको सबभन्दा ठुलो असर नेपाली राष्ट्रिय टिममा पर्ने र त्यसका लागि नेपाली टिम निर्माणमा कठिनाइ आउने देखिने जानकार बताउँछन्।

उनीहरू भन्छन्, ‘‘अहिले टिममा रहेका केही केही खेलाडी संन्यासको संघारमा छन्। केही विदेश पलायन भए। तिनको स्थान लिने खेलाडी पनि नहुने चिन्ता छ । जसकारण भविष्यमा राष्ट्रिय टिममा खेलाडीको अभाव हुने चिन्ता थपिएको छ।’’

फुटबलका दुई प्रतिभा फेरि पलायन स् सन्तोष र दर्शन पनि अष्ट्रेलिया लागे

नीतिगत कमजोरी, तर एन्फा मौन

खेलाडीको पलायनले नेपाली फुटबलप्रतिको आकर्षण र लोकप्रियता पनि घट्दै जाँदा नियामक निकाय भने पन्छिएको छ। खेलाडी किन पलायन भइरहेका छन्, त्यसपछाडिका कारण खोजेर सच्याएर पलायन रोक्नभन्दा रक्षात्मक अवस्थामा छ एन्फा।

खेलाडी व्यक्तिगत कारणले पलायन भएको औँल्याउँदै त्यसलाई रोक्न नसकिने तर्क एन्फा अधिकारीको छ। नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) हो। उसहित राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालय पनि चुपचाप देखिन्छ।

कप्तान सुनील बल अस्ट्रेलिया उडेपछि संकटमा ‘संकटा’

जानकार भन्छन्, ‘‘खेलाडी पलायन हुनुको प्रमुख तत्कालीन कारण खेलेर देशमा कुनै भविष्य नदेख्नु नै हो। यो अवस्था सच्याउन के गर्न सकिन्छ, एन्फाले यसको खोजी गर्न र सुधारका उपायहरू अवलम्बन गर्न जरुरी छ । नत्र राष्ट्रिय जीवन बनाइसकेका खेलाडी पनि पलायन हुनुलाई सामान्य लिन सकिँदैन।’’

खेलाडीले पाउने पारिश्रमिक–सुविधा अति न्यून छ। खेलाडीलाई व्यस्त राख्न र निरन्तर आम्दानी सुनिश्चित गर्न फुटबलका प्रतियोगिता पनि नियमित भइरहेका छैनन्। त्यसैले सम्बन्धित खेल संघ मात्र होइन, युवा तथा खेलकुद मन्त्रालय र समग्र सरकारकै यसतर्फ गम्भीर ध्यानाकर्षण हुनुपर्ने खेल सम्बद्ध अधिकारी बताउँछन्।

खेलमा भविष्य नदेखेपछि वैदेशिक रोजगारमा आकर्षित हुँदै खेलाडी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved