फुटबलका दुई प्रतिभा फेरि पलायन : सन्तोष र दर्शन पनि अष्ट्रेलिया लागे

नेपालभ्युज

फुटबलका दुई प्रतिभा फेरि पलायन : सन्तोष र दर्शन पनि अष्ट्रेलिया लागे

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका दुई प्रतिभावान् खेलाडी सन्तोष तामाङ र दर्शन गुरुङ पनि अष्ट्रेलिया प्रस्थान गरेका छन्। राष्ट्रिय टिमका स्ट्राइकर दर्शन र मिडफिल्डर सन्तोष उज्जवल भविष्यको खोजिमा आइतबार साँझ अष्ट्रेलिया उडेका हुन्।

नेपाली फुटबलमा राम्रो भविष्य नदेखेपछि पछिल्लो समय नेपाली फुटबल खेलाडीहरूका लागि अष्ट्रेलिया प्रमुख गन्तव्य बनिरहेको छ।

फुटबलमा व्यवसायिक सुनिश्चितता र कमाइको हिसाबले राम्रो देखेर खेलाडीहरू धमाधम अष्ट्रेलियातर्फ लागिरहेका छन्। गत महीना पनि राष्ट्रिय टिमका अर्का दुई सदस्य सुमन लामा र आशीष लामा पनि अष्ट्रेलिया गइसकेका छन्।

जगजित श्रेष्ठ, हेमन गुरुङ जस्ता राष्ट्रिय टिममा सम्भावना बोकेका धेरै खेलाडी हाल अष्ट्रेलियामा नै छन्। सन्तोष र दर्शन दुवै गत महीना कुवेतमा भएको एशियन कप छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय टिममा थिए।

दर्शन गुरुङ नेपाली फुटबलका ऐतिहासिक गोलकर्ता नै हुन्। दर्शन कुवेतविरुद्ध ४० वर्षपछि गोल गर्ने पहिलो खेलाडी हुन्। उनले गत महीनाको एशियन कप छनोटमा कुवेतविरुद्ध ऐतिहासिक गोल गरेका थिए।

दर्शन घरेलु फुटबलमा ‘ए’ डिभिजन क्लब एनआरटीका कप्तान नै हुन्। उनले २०७५ मा राष्ट्रिय टिमबाट पहिलो खेल खेलेका थिए।

त्यसैगरी सन्तोषले विभागिय टोली त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेल्दै आएका थिए। २०७५ मा राष्ट्रिय टिममा डेब्यू गरेका उनले राष्ट्रका लागि १६ अन्तराष्ट्रिय खेल खेलिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved