बिहान कुल्ला नगरी पानी पिउँदा हुन्छ यस्तो हानी

नेपालभ्युज

बिहान कुल्ला नगरी पानी पिउँदा हुन्छ यस्तो हानी

एजेन्सी ।  बासी मुखमा पानी पिउँदा मुखमा भएका फोहोर किटाणु शरीरमा प्रवेश गर्छन्, जसले स्वास्थ्यमा कैयौं गम्भीर समस्या पनि ल्याउन सक्छ । त्यसैले बिहान ब्रस नगरी वा कुल्ला नगरी पानी पिउँदा हुने बेफाइदाका बारेमा जानौं ।

अल्सरको समस्या

बिहान बासी मुखमा तातो पानीको सेवन गर्नु हुँदैन । यो घाँटीदेखि लिएर पेटसम्म जाने नलीमा अल्सरको कारण बन्न सक्छ । यसले शरीरको भित्री छालालाई खराब गर्न सक्छ ।

पेटको समस्यामा

बासी मुखमा पानी पिउँदा मुखमा जम्मा भएको फोहोर पदार्थ पेटमा जान्छन्, जसले टक्सिनको रुप लिएर पेट सम्बन्धी कैयौं समस्याहरु उत्पन्न गराउन सक्छ ।

पिसाब सम्बन्धी समस्या

बिहान ब्रस नगरिकन बासी मुखमा पानी पिउँदा किड्नी सम्बन्धी समस्या हुन सक्छ । जसले गर्दा पिसाब गर्न समस्या तथा पोल्ने आदि समस्या पनि हुन सक्छ ।

ज्वरो

ज्वरोको समस्या भइरहेको बेला पनि बिहान ब्रस नगरीकन अत्यधिक मात्रामा पानी सेवन गर्नु हुँदैन । यसले वाकवाकी हुने वा वान्ता आउने जस्तो समस्या पनि हुन्छ । जसले गर्दा दिनभर अमिलो पानी आउने तथा मुखमा अमिलो महसुस भइरहने हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved