गोरखामा बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

नेपालभ्युज

गोरखामा बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

गोरखा । गोरखामा शनिबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

गोरखा–भच्चेक सडकखण्डको सिरानचोक गाउँपालिका–४ अमराइमा शनिबार बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय २७ वर्षका रामलाल कुमाल रहेको प्रहरीले जनाएको छ ।

भच्चेक बजारबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ग १ ख ९७३६ नम्बरको बस र विपरीत दिशातर्फ जादै गरेको ग ७ प १५१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका कुमालको पुरानो मेडिकल कलेज चितवनमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

बसचालक गोरखा नगरपालिका–९ का रेशम गुरुङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved