काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप ३०२ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको छ । ६० किलो सुन तस्करी प्रकरणको फाइल सरकारी वकिल कार्यालयलाई बुझाउनुअघि आयोजित पत्रकार सम्मेलनमा सीआईबीले यस्तो बताएको हो ।
सीआईबीका अनुसार चिनियाँ समूहले ब्रेक शुसहित अरु सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न भने बाँकी रहेको जनाएको छ ।
सीआईबीले ६० किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ ।
सीआईबीले हालसम्म २३ नेपाली र ९ विदेशी पक्राउ परेको जानकारी दिँदै ५० जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको हो । सीआईबीका अनुसार १४ विदेशी र ४ नेपाली फरार छन् ।
सीआईबी प्रमुख किरण बज्राचार्यका अनुसार यो समूहले तस्करीका लागि नेपाली नागरिकहरुलाई प्रयोग गरेर ७ वटा कम्पनी खोलेका थिए ।
Facebook Comment
Comment