काठमाडौं । नेकपा (एमाले)का सचिव एवं सांसद योगेश भट्टराईले राजनीतिक दलहरुको आर्थिक गतिविधि पारदर्शी हुनुपर्ने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले दलहरूको आम्दानी र खर्च पारदर्शी हुनपर्ने बताएका हुन् ।
उनले राजनीतिक दलसम्बन्धी ऐनमा नै व्यवस्था गरेर राजनीतिक दलहरुको आर्थिक गतिविधि पारदर्शी बनाउनुपर्ने माग गरेका हुन् ।
दलबाट मन्त्री बनेकाहरूको मन्त्रालयको बेरूजु सम्बन्धित दलमा पठाउनुपर्ने र त्यहीं आधारमा पुनः मन्त्री बन्ने–नबन्ने, टिकट दिने–नदिने सम्बन्धित दलले निर्णय गर्ने उनको भनाइ थियो ।
सांसद भट्टराईले समितिले निर्णयकर्ता र कार्यान्वयन कर्तालाई जिम्मेवार बनाउन आवश्यक रहेको पनि बताए । ‘आर्थिक कार्यविधि ऐनमा समस्या भए संशोधन गर्न सरकारलाई निर्देशन दिन सक्छौं’, उनले भने, ‘यो सार्वजनिक लेखा समितिको क्षेत्राधिकार हो ।’
आर्थिक कार्यविधि ऐनमा समस्या भए सरकारले संशोधन गर्नुपर्ने उनको भनाइ छ ।
Facebook Comment
Comment