क्यानडा पठाइदिन्छु भन्दै साढे ३४ लाख रुपैयाँ ठग्ने दुई जना पक्राउ

नेपालभ्युज

क्यानडा पठाइदिन्छु भन्दै साढे ३४ लाख रुपैयाँ ठग्ने दुई जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रचारमार्फत आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीको लागि क्यानडा पठाउने भनी ३४ लाख ५७ हजार ७१० रुपियाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-६ का ३० वर्षीय लक्ष्मण नेपाली र सप्तरी राजविराज नगरपालिका-४ का ३५ वर्षीय महावीर प्रसाद साहलाई पक्राउ गरिएको छ ।

उनीहरूले क्यानडा जान वर्कपरमिट भिसा पाइने भनी नक्कली विज्ञापन सार्वजनिक गरेर इन्स्टाग्रामका प्रयोगकर्तासँग पीडितले कुराकानी गर्ने क्रममा क्यासियरको काममा मासिक ९५ हजार ७०० क्यानेडियन डलर (नेपाली पाँच लाख ४५ हजार) तलब हुन्छ भनी आवश्यक कागजात समेत संलग्न गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved