काठमाडौं । सरकारले संसदले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सालाई छिमेकीहरुले सम्मान गर्नु पर्ने धारणा सार्वजनिक गरेको छ ।
चीनले जारी गरेको नयाँ नक्साका बारेमा आफ्नो धारणा स्पष्ट पार्दै परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्तीमार्फत यस्तो धारणा सार्वजनिक गरेको हो । मन्त्रालयले संसदले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट रहेको विज्ञप्तिमा जनाएको छ ।
‘यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने नेपाल सरकार विश्वास गर्छ, विज्ञप्तिमा भनिएको छ ।’ साथै मन्त्रालयले नेपाल सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।
यसअघी चीनले सार्वजनिक गरेको नयाँ नक्सामा आफूहरुको भूभाग समेटिएको भन्दै भारत, फिलिपिन्स र मलेसियाले पनि आपत्ति जनाइसकेका छन् ।
२८ अगस्टमा चीनले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा समावेश गरिएको छैन् ।
Facebook Comment
Comment