समाजवादी मोर्चाको पोखरामा सन्देश सभा, प्रचण्डसहितका शीर्ष नेताले सम्बोधन गर्दै

मोर्चाले मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सन्देश सभा सम्पन्न गरिसकेको छ । सुदूरपश्चिमको धनगढीमा हुने सभा भने स्थगित भएको थियो ।

नेपालभ्युज

समाजवादी मोर्चाको पोखरामा सन्देश सभा, प्रचण्डसहितका शीर्ष नेताले सम्बोधन गर्दै
फाइल तश्वीर

पोखरा। समाजवादी मोर्चा नेपालले आज शुक्रबार गण्डकी प्रदेशको पोखरामा सन्देशसभा गर्दैछ । सात वटै प्रदेशमा सन्देश सभा गर्ने तयारीमा रहेको मोर्चाले आज पोखरामा सभा गर्न लागेको हो ।

पोखरा सभागृहमा हुने सभालाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजावादीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

समाजवादी मोर्चाले देशका सातवटै प्रदेशमा सन्देश सभा गर्ने निर्णयअनुसार गण्डकीमा गर्न लागिएको हो । मोर्चाले मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सन्देश सभा सम्पन्न गरिसकेको छ । सुदूरपश्चिमको धनगढीमा हुने सभा भने स्थगित भएको थियो । धनगढीमा अर्को कुनै मितिमा सभा हुने मोर्चाले जनाएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका मौलिक विशेषताहरूको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिबद्धताका साथ समाजवादी मोर्चा स्थापना भएको माओवादीका सचिव देवेन्द्र पौडेलले बताएका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved