समाजवादी मोर्चाबारे निर्णय लिन विप्लवले बोलाए स्थायी कमिटी बैठक

नेपालभ्युज

समाजवादी मोर्चाबारे निर्णय लिन विप्लवले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं । एमसीसीका कारण समाजवादी मोर्चाभित्र खटपट भएपछि नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले स्थायी कमिटीको बैठक बोलाएको छ । खासगरी एमसीसी र समाजवादी मोर्चाबारे छलफल गर्नका लागि शुक्रबार बिहान बैठक बोलाइएको हो ।

अरु समसामयिक विषयमा छलफल भए पनि बैठक एमसीसीसँगै चार दलीय समाजवादी मोर्चाको भूमिकामै केन्द्रित हुने बताइएको छ ।

मार्चाका अरु तीन दल एमसीसीको मामलामा सफ्ट छन् । नेकपाले भने पहिलेदेखि नै एमसीसीको विरोध गरिरहेको छ ।

बुधबारदेखि एमसीसी सम्झौता लागू भएको छ । सरकारले एमसीसी कार्यान्वयनमा ल्याएपछि विप्लव नेतृत्वको नेकपा मोर्चामा सन्तुष्ट छैन । विप्लवले प्रधानमन्त्री प्रचण्डलाई सहकार्य तोड्ने चेतावनीसमेत दिइसकेका छन् । विप्लवको चेतावनीपछि हिजो धनगढीमा हुने भनिएको सभा स्थगित भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved