बर्खास्तीमा परेका डीएसपी ठगबहादुर केसीविरुद्ध अख्तियारले हाल्यो मुद्दा

सुनचाँदी व्यवसायीसँग घुस लिएका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

नेपालभ्युज

बर्खास्तीमा परेका डीएसपी ठगबहादुर केसीविरुद्ध अख्तियारले हाल्यो मुद्दा

काठमाडौं। सुनचाँदी व्यवसायीसँग घुस लिएका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएका उनीविरुद्ध अख्तियारले जेल सजायसहित १८ लाख बिगो र उत्तिकै रुपैयाँ जरिवाना भराउन माग गर्दै आरोप–पत्र दायर गरेको हो।

गत मंसिरमा अख्तियारले केसीले निवास खानतलासी गर्दा नगदसहित सुन बरामद गरेको थियो। केसीले सेवाग्राहीसँग नगद आठ लाख पचास हजार र नौ लाख पचास हजारको चेक लिएका भेटिएको थियो।

केसीको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेक लगायत बरामद भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved