एजेन्सी । शरीरमा खराब कोलेस्ट्रोल बढ्नाले कयौं समस्या हुन सक्छन् । यसले मुटुको समस्या तथा स्ट्रोक आउने खतरा कयौं गुणा बढेर जान्छ । यसका साथै कोलेस्ट्रोल बढ्दा रगत जम्ने समस्या पनि हुन सक्छ ।
कोलेस्ट्रोल नियन्त्रण गर्न केही घरेलु उपाए पनि अपनाउन सकिन्छ । जानौं त्यस्ता उपाएबारे ।
शरीरमा बढिरहेको कोलेस्ट्रोलको मात्रा कम गर्न कोदो, प्याज र लसुनलाई अंकुरित गरेर खानुपर्छ । खासगरी यी तीनवटै चिज उम्रिएपछि एकदमै फाइदाजनक हुन्छन् ।
प्याज
कोलेस्ट्रोल नियन्त्रण गर्न अंकुरित भएको प्याजको प्रयोग गर्न सकिन्छ । प्याजमा भिटामिन सी, भिटामिन बी, पोटाशियम तथा फोलेट जस्ता कयौं पोषक तत्व पाइन्छन् । यसको सेवनले उच्च कोलेस्ट्रोल नियन्त्रणमा सहयोग पुग्छ ।
कोदो
त्यस्तै टुसा उमारेको कोदोमा अमिनो एसिडको मात्रा पाइन्छ, जसले शरीरमा कोलेस्ट्रोललाई कम गर्छ । यसमा फाइबरको मात्रा धेरै पाइन्छ, जो मुटुका लागि पनि फाइदाजनक हुन्छ । अंकुरित कोदोले बोसो कम गर्न पनि सहयोगी हुन्छ ।
लसुन
अंकुरित भएको लसुन सुन्दा अचम्म लाग्ला तर यो एन्टीअक्सीडेन्टले भरपूर हुन्छ । यही कारणले गर्दा अंकुरित लसुन खानाले कोलेस्ट्रोलको मात्रा कम गर्नुका साथै, रक्तचाप तथा मुटु सम्बन्धी समस्याको जोखिमलाई कम गर्न सकिन्छ ।
अन्य अंकुरित खाना
शरीरमा कोलेस्ट्रोलको मात्रालाई कम गर्न अंकुरित गरेको हरियो मुंग दाल, कालो चना, आदिको सेवन पनि गर्न सकिन्छ । स्प्राउट्सको सहयोगमा कोलेस्ट्रोलको मात्रा घटाउन सकिन्छ ।
Facebook Comment
Comment