वास्तुशास्त्र : नुहाएपछि यस्तो काम गर्दा हुन्छ फाइदा

नेपालभ्युज

वास्तुशास्त्र : नुहाएपछि यस्तो काम गर्दा हुन्छ फाइदा

एजेन्सी । वास्तुशास्त्रमा रहेको मान्यताअनुसार हामीले बिहानको समयमा केही काम गर्न सक्यौं भने घरमा खुसियाली छाउँछ । त्यस्तै, नुहाएपछि गर्ने केही कामले समस्या भाग्ने मान्यता पनि छ ।

– शास्त्रकाअनुसार बिहान छिटो उठ्नुपर्छ । यसका साथै बिहान नुहाएपछि केही कार्य गर्दा शुभ फल प्राप्त हुन्छ ।

– बिहान नुहाएपछि सम्पूर्ण घरमा गंगाजल छर्कनुपर्छ । यसो गर्नाले घरमा सुख-समृद्धि बढ्छ ।

– शास्त्र अनुसार बिहान स्नान गरेपछि गाई पूजा गर्नुपर्दछ भनिन्छ । यसो गर्नाले देवीदेवता प्रसन्न हुन्छन् र जीवनका समस्या नष्ट हुन्छन् भन्ने मान्यता छ ।

– बिहान छिटो उठेर स्नान गरेपछि भगवानको पूजा गर्नुपर्छ भनिन्छ । धेरै आस्तिक मानिस यसो गर्छन् पनि । यसले आर्थिक समस्या पनि कम हुने मान्यता छ ।

– बिहान नुहाएपछि तामाको लोहोटामा पानी भरेर सूर्यदेवलाई चढाउनुपर्छ । यसो गर्नाले धन लाभ हुने ज्योतिषको दाबी छ ।

– बिहान घरमा बेसार पानी छर्कनु पनि शुभ मानिन्छ । यसले जीवनमा सुखसमृद्धि आउने र धन लाभ पनि हुने विश्वास गरिन्छ ।

– नुहाएपछि बिहान घरमा नुनपानी पनि छर्कन सकिन्छ । यसले नकारात्मक ऊर्जा टाढा जान्छ भनिन्छ ।

माथि भनिएका शास्त्रीय मान्यता हुन् । यसले फल प्राप्त हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । तर, बिहान चाँडै उठेर गर्ने नित्य कर्मले दिनभर ऊर्जावान बन्नका लागि भने सहयोग गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved