झापा । माल्टा, साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरियालगायतका देशमा रोजगारी दिलाउने भन्दै ओशो वर्ल्ड कन्सल्टेन्सीले ७० जनाभन्दा धेरै व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको खुलेको छ ।
बिर्तामोडमा रहेको सो कन्सल्टेन्सीले प्रतिव्यक्ति रु ५० हजारदेखि पाँच लाखसम्म ठगी गरेको र कन्सल्टेन्सी सञ्चालक फरार रहेको पीडितले बताएका छन् । शिवसताक्षी नगरपाालिकास्थित माइधार घर भएका पदम योङ्हाङसहित लक्ष्मीप्रसाद बराल (अञ्जान), धर्म तिम्सिना र अर्जुनधाराका लक्ष्मण घिमिरेले ७० जनाभन्दा बढी व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको अर्जुनधारा–६ कि पीडित चन्दा अधिकारीले बताइन ।
उनीहरूबाट ठगिनेमा कन्काई नगरपालिका–३ का सविना कोइराला भट्टराई (रोमानिया– रु एक लाख), कन्काई–३ कै सुभद्रा न्यौपाने कोइराला (रोमानिया– रु ५० हजार), कन्काई नगरपाालिका–३ कै चिरञ्जीवी महत्तो (माल्टा– रु एक लाख), बिर्तामोड नगरपालिका–४ का विनोद उप्रेती (माल्टा– रु एक लाख), बुद्धशान्ति गाउँपालिका–५ का गोविन्द ढुङ्गाना (माल्टा– रु एक लाख), मेची नगरपालिका–९ का ओम प्रकाश भण्डारी (माल्टा– रु एक लाख), बुद्धशान्ति गाउँपालिका निवाासी योगेश कोइराला (माल्टा– रु एक लाख), बिर्तामोड नगरपालिका–४ का विकास उप्रेती (रोमानिया– रु ७० हजार), शिवसताक्षी नगरपालिका–१० का दीपककुमार कोइराला (रोमानिया– रु ७० हजार) छन् ।
त्यस्तै ठगीमा पर्नेमध्ये अर्जुनधाराका रोमन सापकोटा (रोमानिया– रु ५० हजार), शिवसताक्षी–१० का गङ्गाप्रसाद पराजुली (रोमनिया– रु ७० हजार) कनकाई–४ का दुर्गाप्रसाद कोइराला (रोमानिया– रु ७० हजार), बुद्धशान्ति–२ का लक्ष्मीप्रसाद नेपाल (रोमानिया– रु दुई लाख), कनकाई नगरपालिका–३ का किरण कुमाल (रोमानिया– रु ५० हजार), कनकाई–३ का अशोक थापा (रोमानिया– रु ३० हजार), कनकाई–३ का डिकबहादुर भुजेल (रोमानिया– रु ५० हजार) सहित ७० जनाभन्दा धेरैको राहदानीसहित लाखौँ रुपैयाँ लिएर बेपत्ता बनेको पत्रकार भेटघाटमा जानकारी दिइएको छ ।
Facebook Comment
Comment