प्रधानमन्त्री ‘प्रचण्ड’ले पनि भेटेनन् बागेश्वर बाबालाई

नेपालभ्युज

प्रधानमन्त्री ‘प्रचण्ड’ले पनि भेटेनन् बागेश्वर बाबालाई

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवादित भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ लाई नभेट्ने भएका छन् ।

यसअघि बाबा शास्त्रीले शनिबार प्रधानमन्त्रीलाई भेटेर शास्वतधामतिर लाग्ने कार्यक्रम थियो। तर, प्रधानमन्त्री ‘प्रचण्ड’ले नभेट्ने बताएपछि उनी त्यत्तिकै जान लागेका हुन् ।

शास्त्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्न चाहन्थे । तर, राष्ट्रपतिले पनि उनलाई भेट्न समय नदिएको स्रोतले बताएको छ । चौधरी ग्रुपले नेपाल ल्याएका शास्त्रीलाई सरकारले भारतको ‘वाई सेक्युरिटी’ स्तरमा सुरक्षा दिएको छ ।

उनको टोलीलाई ल्याउने र राख्ने सबै खर्चको प्रबन्ध चौधरी ग्रुपले गर्ने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved