अत्यधिक च्याउ खाँदा हुन सक्छ यस्तो नोक्सान

नेपालभ्युज

अत्यधिक च्याउ खाँदा हुन सक्छ यस्तो नोक्सान

एजेन्सी । च्याउ यानिकी मशरुमबाट बनेका परिकार सबैलाई खान मन पर्छ । यो स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ । तर कुनै पनि चिज आवश्यक भन्दा धेरै सेवन गर्नु खतरनाक हुन सक्छ । यदी तपाईं पनि मशरुम धेरै खानुहुन्छ भने यसले तपाईंको स्वास्थ्यमा नोक्सान पुर्‍याउन सक्छ ।

  •  यदी तपाईंलाई मशरुम खान सुट गर्दैन भने तपाईको एनर्जी लेवल कम हुन सक्छ । यस्तोमा यसको सेवन गर्नबाट बच्नुपर्दछ ।
  •  कैयौं मानिसलाई च्याउले एलर्जी पनि हुन सक्छ । यस्तोमा उनीहरुको छालामा र्‍यासेज तथा पोल्ने हुन सक्छ ।
  •  यदी तपाईंलाई पहिलेदेखि नै कब्जियत तथा पाचनसँग जोडिएको केही समस्याहरु छन् भने च्याउको सेवन गर्नबाट बच्नुपर्छ । यसले पेटसम्बन्धी समस्यालाई बढाउने सम्भावना हुन्छ ।
  •  आवश्यक भन्दा धेरै च्याउको सेवन गर्दा टाउको दुख्ने समस्या पनि हुन सक्छ । यदी तपाईंलाई पहिलेदेखि नै यस्तो समस्या छ भने च्याउबाट दुरी नै बनाउनुहोला ।
  • च्याउको सेवन अत्यधिक मात्रामा गर्नाले केही मानिसलाई एन्जाइटी पनि हुने गर्छ । त्यसैले धेरै च्याउ खानबाट बच्नुपर्छ ।
  •  यदी तपाईं गर्भवती हुनुहुन्छ भने तपाईंले च्याउको सेवन गर्नबाट बच्नुपर्छ । यसको धेरै सेवन गर्नाले तपाईंको स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved