दूरगामी प्रभाव हेरेर विधेयक बनाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

नेपालभ्युज

दूरगामी प्रभाव हेरेर विधेयक बनाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक बनाउँदा दूरगामी प्रभाव हेरेर बनाउनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले विषयको दूरगामी प्रभाव हेरेर मात्रै विधेयक बनाउनुपर्ने बताएका हुन् ।

एक-दुई वर्षमै परिवर्तन हुनेगरी विधेयक बनाउनु नहुनेमा जोड दिँदै उनले सांसदहरूले आफ्नो अध्ययनको सीमा बढाउँदै र विषयवस्तुको गहिराइमा पुगेर मात्रै विधेयक बनाउनुपर्ने बताए ।

उनले  नीति, निर्माण गर्न आएका सांसदहरू त्यता केन्द्रित हुन नसकेको भन्दै  जनतालाई पनि आफ्नो भूमिकाप्रति जागृत गराउनुपर्ने बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved