के चियाले मानिसको रंग बदलिन्छ ?

नेपालभ्युज

के चियाले मानिसको रंग बदलिन्छ ?

एजेन्सी । हाम्रो समाजमा चिया पिउनु भनेको एउटा संस्कार जस्तो भइसकेको छ । चाहे गर्मी होस् वा जाडो कुनै पनि मौसममा चिया त अनिवार्य चाहिन्छ । धेरैजसोले त दिनको सुरुआत नै चियाबाट गर्छन् ।

चियालाई लिएर धेरै फाइदा तथा बेफाइदाहरुका बारेमा समाचार आइरहन्छन् । त्यसमा केही मिथ तथा केही सत्य कुरा पनि हुन्छन् ।

धेरैले भन्छन् चिया धेरै पिउँदा मानिसको रंगमा पनि परिवर्तन आउँछ, वा भनौं मानिसको रंग कालो हुन थाल्छ । यसमा कति सत्यता छ ? जानौं ।

चिया पिउनाले टाउको दुखेको निको हुन्छ, तनाव कम हुन्छ, शरीरले ऊर्जा प्राप्त गर्छ र चिया एकदमै राम्रो मुड फिल्टर पनि हो ।

अलि बढी दुधवाला चिया हानिकारक हुन्छ । यसले मानिसको निद्रा कम हुन्छ, किनकी यसमा धेरै क्याफिनको मात्रा हुन्छ । यसको साथै पेट फुल्लिने, एसिडिटी र पोषक तत्व पनि कम हुन्छ ।

चिया पिउनुका पछाडि आफ्नै फाइदा तथा बेफाइदा छन् । तर यसले छालाको रंग कालो बनाउँछ भन्नु गलत हो । विज्ञका अनुसार चिया पिउनाले मानिसको रंग कालो हुन्छ भन्ने बारे अहिलेसम्म कुनै तथ्य फेला परेको छैन ।

बजारमा कयौं प्रकारका चिया पाइन्छन् । जस्तै कालो चिया, ग्रीन टी, हर्बल टी आदि । हर्बल चिया पिउनाले शरीरबाट टक्सिन बाहिर जान्छन् । हर्बल चियामा एन्टीअक्सीडेन्ट पनि पाइन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved