तौल कम गर्न लो क्यालोरी डाइट सही हुँदैन, जानौं कारण

नेपालभ्युज

तौल कम गर्न लो क्यालोरी डाइट सही हुँदैन, जानौं कारण

एजेन्सी । अहिलेको समयमा मोटोपनले धेरै मानिसहरु समस्यामा छन् । यही कारणले गर्दा तौल कम गर्नका लागि धेरै उपायहरु खोजिरहेका हुन्छन् । जहिले पनि तौल कम गर्ने कुरा हुन्छ प्रायः मानिस छिटो छिटो तौल कम गरेर फिट हुन चाहन्छन् ।

यही हतारले गर्दा कतिपय अवस्थामा गलत खानपानलाई अपनाउने गर्छन् । जसले केही समय त एकदमै छिटो तौल कम हुन्छ तर पछि तौल कम हुन रोकिन्छ । साथै यसले शरीरमा पनि धेरै प्रकारको नोक्सान पुर्‍याउन सक्छ । तौल कम गर्नका लागि तपाईंले सही खानपान अपनाउनुपर्ने हुन्छ । यसबाहेक कसरत, सही जीवनशैली तथा धैर्यताको आवश्यकता पर्दछ ।

तौल कम गर्नका लागि हिजोआज क्यालोरी डाइट एकदमै चलनमा छ । लो क्यालोरी डाइट के हो र त्यसले के साँच्चै तौल कम गर्छ यसबारेमा डाक्टरको भनाई के छ त्यो पनि जान्न जरुरी छ । लो क्यालोरी डाइटलाई हिजोआज मानिसहरु छिटो तौल कम गर्नका लागि प्रयोग गर्ने गर्दछन् ।

लो क्यालोरी डाइटमा शरीरलाई सञ्चालन गर्नका लागि जति क्यालोरी चाहिन्छ त्यो भन्दा कम क्यालोरी खाइन्छ । यसले तपाईंको शरीरमा जम्मा भएको फ्याट एनर्जीमा परिवर्तन भएर शरीरलाई सञ्चालन गर्न सहयोग गर्छ । जसले गर्दा तौल कम हुन्छ । तर यो तरिकाले धेरै नोक्सान पनि हुन्छ । त्यसैले विशेषज्ञ डाक्टरले यस्तो तरिका नअपनाउने सल्लाह दिन्छन् । विशेषज्ञका अनुसार लो क्यालोरी डाइटले शुरुवातमा तपाईंको तौल कम भएपनि त्यस्तो तौल कम लामो समयका लागि भने हुँदैन ।

लो क्यालोरी डाइटका नोक्सान

  • लो क्यालोरी डाइटले कैयौंपटक मसल्स लस पनि हुन सक्छ । खासगरी यदी तपाईंको डाइटमा प्रोटिनको कमी भयो भने मसल्स मास कम हुन थाल्छ ।
  •  यसमा तपाईंको मेटाबोलिज्म रेट पनि ढिलो हुन्छ जसले गर्दा तौल कम गर्न समस्या हुन सक्छ ।
  •  मसल्स मास कम हुनाले शरीरको स्ट्रेन्थ पनि कम हुन थाल्छ र कमजोरी आउन थाल्छ ।
  •  जब तपाईं लो क्यालोरी डाइट अपनाउनुहुन्छ तपाईंको पेट ठिकसँग भरिँदैन । जसले गर्दा तपाईंलाई भोक लागिरहन्छ, क्रेविंग्स हुन्छ । जसले गर्दा तपाईं ओभरइटिंग पनि गर्न सक्नुहुन्छ ।
  • क्यालोरी इन्टेक  कम गर्दा शरीरमा हंगर हर्मोन बढ्न थाल्छ, जसले तपाईं लामो समयसम्म त्यही खानपानलाई अपनाउनै सक्नुहुन्न ।
  •  शरीरलाई सही तरिकाले फंक्सन गर्नका लागि कैयौं प्रकारका न्यूट्रिशन तथा भिटामिनहरुको आवश्यकता पर्दछ । जब तपाईं कम क्यालोरी लिन थाल्नु हुन्छ शरीरमा न्यूट्रिसनहरु पनि कमी हुन थाल्छ ।
  • यस्तो डाइटमा कतिपय अवस्थामा क्यालोरी कम गर्नका लागि कुनै खानालाई पूर्ण रुपमा हटाउनु पर्ने हुन्छ जसलाई अपनाउन  कठिन हुन्छ ।
  •  लामो समयसम्म यसलाई अपनाउन सकिँदैन र यदी कोसिस गर्नुहुन्छ भने पनि धेरै विमारीहरुले तपाईंलाई घेर्न थाल्छ ।
  •  तौल कम गर्नका लागि स्वस्थ तथा ब्यालेन्स डाइट सबैभन्दा राम्रो विकल्प हो ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved