काठमाडौं। उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले आगामी पाँच वर्षभित्रमा जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन् ।
उनले देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको बेलामा निर्वाचनमा आफूले जनतासँग गरिएका वाचा पूरा गरेरै छोड्ने बताए ।
गृहजिल्ला सुर्खेत पुगेका उपप्रधानमन्त्री खड्काले शनिबार सुर्खेतको पूर्वी क्षेत्र गुर्भाकोट–७ स्थित गोकुलपुरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै देशको प्रतिकूल आर्थिक अवस्थामा पनि विकास–निर्माणका कामहरू अघि बढिरहेको बताए ।
जनताको अपेक्षा अनुसार वर्तमान सरकारले काम गरिरहेको भन्दै उनले देशको प्रतिकुल अवस्थामा पनि समग्र कर्णाली क्षेत्रमा महत्त्वपूर्ण विकास योजनाहरू अघि बढेको बताए
उपप्रधानमन्त्री खड्काले कर्णाली करिडोर र भेरी करिडोरलगायतका कर्णालीको समृद्धिसँग जोडिएका ठूला सडक योजनाहरू निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी समेत दिए ।
उनले २० वर्षभित्र भेरी किनारमा आधुनिक शहर निर्माणको काम अघि बढेको बताउँदै उनले त्यो शहर नयाँ पुस्तालाई नासोका रूपमा हस्तान्तरण गरिनेसमेत बताए ।
Facebook Comment
Comment