श्री एअरलाइन्सका आइतबारका सबै उडान स्थगित

नेपालभ्युज

श्री एअरलाइन्सका आइतबारका सबै उडान स्थगित
फाइल फोटो

काठमाडौं । श्री एयरलाइन्सका आइतबारका सबै उडानहरु स्थगित भएका छन् ।

आइतवारका लागि पुर्व निर्धारित सबै उडान स्थगित गरेर एअरलाइन्सले कम्पनीका सबै विमानमा प्राविधिक परिक्षण गर्ने जनाएको छ ।

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिवार एक प्रेस नोट जारी गर्दै आइतबारका सबै उडान स्थगित गरिएको जनाएका हुन् । सोमबारदेखि भने सबै उडान नियमित रुपमा सञ्चालन हुने बताइएको छ ।

शनिबार काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आएपछि विमान पुन: काठमाडौं नै फिर्ता गरि अवतरण गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved