उपसभामुख रानाको गुनासो- ‘संसदमा सभामुखको मात्र फोटो छ, हाम्रो राखिएन’

नेपालभ्युज

उपसभामुख रानाको गुनासो- ‘संसदमा सभामुखको मात्र फोटो छ, हाम्रो राखिएन’

काठमाडौं। उपसभामुख इन्दिरा रानाले संसदमा उपसभामुखको फोटो नराखेको भन्दै असन्तुष्टि व्यक्त  गरेकी छिन्। ६५औं संसद् दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफूप्रति पूर्वाग्रह राखेको जस्तो लागेको बताइन् ।

उनले भनिन्- ‘भित्र पस्नेबित्तिकै त्यहाँ सम्माननीय सभामुखज्यूको यत्रो फोटो राख्नुभएको छ । हाम्रो त छैन । उपसभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ । यो कुरा मनन गर्नुपर्छ’ ।

आफूले केही समयअघि सिंगापुरको संसदको भ्रमण गरेको र सो क्रममा सभामुखको फोटो विगतदेखि वर्तमानसम्म राखेको भन्दै नेपालमा भने त्यस्तो हुन नसकेको बताइन् ।

‘अस्ति म डब्ल्यूटीओको कन्फ्रेन्सका लागि सिंगापुर गएको थिएँ । त्यहाँ पार्लियामेन्ट भिजिट गर्ने मौका पाएको थिएँ । त्यहाँ पहिलाका सभामुखज्यूले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो ? अहिलेका सभामुखज्यूले कस्तो लगाउनुहुन्छ ? त्यो विकास क्रमअनुसार त्यसरी राख्नुभएको छ अभिलेखका रूपमा । हाम्रोमा त्यस्तो खै त ?’ उनले प्रश्न गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved