काठमाडौं। इस्लाम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इद उल जोहा) आज देशभरका मस्जिदहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ।
इस्लाम धर्ममा इद उल फित्र अर्थात् रमजानको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक चलन रहिआएको छ। इस्लामिक धार्मिक पात्रोअनुसार हिजरी संवतको १२ औँ महिना (दिल हिज्जा) को १० औँ दिन यो पर्व मनाउने गरिन्छ। यो पर्व मनाउन सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।
आजको दिन ईस्लाम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने गर्दछन्। नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान-प्रदान गरी यो पर्व मनाइन्छ। आजकै दिन साउदी अरेबियाको मक्का र मदिनामा हज गर्न विश्वभरका इस्लाम धर्मावलम्बीहरू पुग्ने गर्दछन्।
तस्वीरमा हेरौं तिनधाराको पञ्च काश्मिरी तकिया मस्जिदमा मनाइँदै गरेको ईद :-










Facebook Comment
Comment