जसपाले बनायो विधान अन्तिम मस्यौदा बनाउन समिति

नेपालभ्युज

जसपाले बनायो विधान अन्तिम मस्यौदा बनाउन समिति

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले विधान अधिवेशनलाई अन्तिम रूपमा दिन एक समिति बनाएको छ ।

तीन दिनसम्म चलेको अधिवेशनमा उठेका सुझावहरूलाई समेटेर विधानलाई अन्तिम रूप दिन ६ सदस्यीय विधान मस्यौदा प्रमाणीकरण समिति बनाएको हो । समितिमा अध्यक्षमा अध्यक्ष यादव आफू पनि बसेका छन् । यादवसँगै नेताहरु राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, लालबाबु राउत, सुशीला श्रेष्ठ र दीपेद्र झा समितिमा अटाएका छन् ।

विधान महाधिवेशनमा धेरैले पार्टीमा ७० वर्ष उमेर हद नराख्न सुझाव दिएका छन् । कतिपय प्रतिनिधिले संघीय परिषद्को अधिकार कटौती गरेको बारे पनि प्रश्न उठाएका थिए ।

अधिवेशनमा प्रस्तुत पार्टीको मस्यौदा विधानमाथि ७७ वटै जिल्ला र पार्टीको विदेशस्थित समितिहरूबाट समेत गरी करिब ८०० जना प्रतिनिधिले बृहत छलफल गरी विचार, दृष्टिकोण र सुझाव पेश गरेका सहभागी मनिकर कार्कीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved