काठमाडौं । प्रतिनिधिसभाको बैठक आज आइतबार बस्दै छ । बैठक बिहान १0 बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ ।
आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल भएपछि मन्त्रीहरुले बजेटबारे उठेका प्रश्नको जवाफ दिनेछन् ।
जसअनुसार गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले गएको जेठ १५ गते संसदमा पेश गरेको बजेटमा २२ गतेदेखि छलफल सुरु भएको थियो । सत्तारुढ दलकै केही सांसदले बजेट जस्ताको त्यस्तै पास हुन नदिने बताएपछि महत समस्यामा छन् ।
Facebook Comment
Comment