मुख्यमन्त्री शाहीले १४ मंसीरमा विश्वासको मत लिँदै

नेपालभ्युज

मुख्यमन्त्री शाहीले १४ मंसीरमा विश्वासको मत लिँदै

सर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिन १४ मंसीर १ बजे‍ प्रदेशसभा बैठक बोलाइएको छ।

यसका लागि प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभा बैठक आह्वान गरेका हुन्।

‘नेपालको संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम माननीय मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने प्रयोजनका लागी संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेशसभाको बैठक १४ मंसीर गते दिउँसो एक बजेका लागि आह्वान गरिन्छ’, प्रदेशसभा सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैठकमा उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको सचिवालयले जनाएको छ। शाही गत १६ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved